म्यानमारको रोहिंज्या संकट : नेतृ सुकी राष्ट्रसंघ नजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २८ भदौ । म्यानमारमा रोहिंज्या संकटमाथि उनले लिएको नीतिका कारण नेतृ सुकीको व्यापक आलोचना भइरहेको छ।म्यानमारकी नेतृ आङ सान सुकी न्यू योर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने उनका एकजना प्रवक्ताले बताएका छन्।

म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सूकीको यो निर्णय आएको हो। सुकीले हिंसा विरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन्। आलोचकहरुले सूकीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन्।

सू ची आलोचनाबाट नडराएको तर उनीसँग शायद अरु नै महत्वपूर्ण काम रहेको उनका प्रवक्ताले बताए। सूकीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन्। राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ। तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन्।

बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन्। म्यानमारले रोहिंज्याहरुलाई गैर कानुनी आप्रवासी भन्छ। बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);