पोखराका एमाले उम्मदेवार विश्वकर्मा चढेको गाडी तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कास्की, २२ कार्तिक । चुनाव प्रचारका क्रममा बाम गठबन्धनका एक उम्मेदवारको गाडिमा तोडफोड भएको छ । कास्कीको क्षेत्र नम्बर ३ मा वामगठबन्धनका उम्मेदवार जगत विश्वकर्माको प्रचारमा प्रयोग गरेको सवारीसाधनमा मंगलबारराति तोडफोड भएको हो।

नेकपा एमालेकाका नेता समेत रहेका बाम गठबन्धनका साझा उम्मेदवार हुन् विश्वकर्मा । उनले प्रयोग गरेको ग १ य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो । तोडफोडबाट गाडीको पछाडिको शिशा फुटेको छ।

विश्वकर्मा कार्यकर्तासहित राति नौ बजे पोखराको न्यूरोडस्थित होटलमा खाना खान लागेको बेला गाडी तोडफोड भएको विश्वकर्माले बताए।

घटनाबारे पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले कसले र किन घटना गरायो भन्नेबारे अनुसन्धान भईरहेको बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);