कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने : केन्द्रीय सदस्य आङ्देम्बे | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने : केन्द्रीय सदस्य आङ्देम्बे

खोटाङ, ३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन्।

नेपाल प्रेस युनियन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अनुशासन समितिका संयोजक रहेका नेता आङ्देम्बेले यस्तो बताएका हुन् ।

मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेपनि कांग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने नेता आङ्देम्बेको भनाई छ ।

एक अर्को प्रसंगमा नेता आङ्देम्बेले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमार्फत पुराना नेताहरुलाई विस्तारै स–सम्मान बिदाई गर्दै कांग्रेस थप सशक्त पार्टी बन्ने बताए ।

Leave a Reply