नारायणगढ-मुग्लिनकाे चाैधकिलाेमा तिहारपछि मात्र सडक मर्मत हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नारायणगढ-मुग्लिनकाे चाैधकिलाेमा तिहारपछि मात्र सडक मर्मत हुने

चितवन । दसैँमा राजधानी काठमाडौंबाट जिल्ला/गाउँ फर्किनेकाे चाप ह्वात्तै बढेकाे छ । तर, उपत्यकाबाट बाहिरिने मुख्य सडक मार्गकाे हालत बेहाल छ ।

तीन वर्षअघि विस्तार भएकाे नारायणगढ-मुग्लिन सडक तीन ठाउँमा भाँसिएको छ । भाँसिएकाे मध्ये चाैधकिलाे क्षेत्रमा त मर्मतकाे काम सुरु नै भएकाे छैन । बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलाे क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएकाे छैन ।

चाैधकिलाे क्षेत्रमा वर्खामा भाँसिएकाे सडक मर्मतकाे काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । ‘मर्मतका लागि टेण्डर आह्वान भएकाे छ । तिहारपछि मर्मतकाे काम सुरु हुन्छ,’ उनले  न्युज कारखानासँग भने ।

चौधकिलो, सेती दोभान लगायतका स्थानमा कालाेपत्रे भत्किएर ठूल्ठूला खाल्टाखुल्टी परेका छन् । यद्यपि सानातिना खाल्टा त्यसअघि डिभिजनले स्थानीय निर्माण सामग्री प्रयोग गरेर पुर्ने उनले दाबी गरे । दसैँतिहारमा खाल्टाखुल्टी पुर्न र सहजीकरण गर्न शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएकाे छ । 

खाल्टाखुल्टी भएको ठाउँमा सवारीसाधन बिग्रिएमा तत्काल पन्छाउन पनि कुनै उपाय अबलम्बन गरिएकाे छैन । खनालकाअनुसार दुई वर्ष अगाडि सत्रकिलो र छब्बिसकिलोमा भाँसिएको सडक मर्मतकाे काम नारायणगढ-मुग्लिन सडक आयोजनाले गर्दैछ । 

सडकमा पहिरो रोक्न करिब ६० हजार वर्गमिटर क्षेत्रमा रक नेटिङ गरिएको छ । सेती दोभानमा गएको बर्खामा रक नेटिङ गरिएको ६० वर्गमिटर जति क्षेत्रमा पनि पहिरो गएको छ । 

नारायणगढ-मुग्लिन सडकमा दैनिक सानाठूला गरी १५ हजार सवारीसाधन गुड्छन् ।  तर, दसैंँ सुरु भएसँगै याे संख्या अझ बढ्न थालेकाे ट्राफिक प्रहरीकाे भनाइ छ । 

पृथ्वी राजमार्गअन्तर्गतको चितवन र धादिङको सिमानामा पर्ने जोगिमारा र जवाङ खोला नजिक शाखा सडककाे हालत पनि उस्तै छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौविसेमा सधैँजसो गाडीको जाम लाग्ने गर्छ । सुरुङ मार्ग बनाउन लागिएकाले त्यस स्थानमा यात्रुले बढी सास्ती खेप्न बाध्य छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);