एफवानसफ्ट ग्रुपकाे प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एफवानसफ्ट ग्रुपकाे प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल

काठमाडौं। एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
सोहम ढकाल यसअघि उद्यमीका रुपमा परिचित थिए । उनीसँग २४ वर्षभन्दा बढी उद्यममा लागेको अनुभव छ ।ढकालले अमेरिकाको ओराकलसर्नर कर्पोरेसनबाट करियर सुरु गरो थिए । नेपाल फर्केपछि उनी एक उद्यमी बने । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् । उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);