गोठ भत्किँदा एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

गोठ भत्किँदा एक बालिकाको मृत्यु

दाङ। दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply