विद्यालयको गेट भत्किँदा एक विद्यार्थीको मृत्यु, एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विद्यालयको गेट भत्किँदा एक विद्यार्थीको मृत्यु, एक जना घाइते

नवराज पाठक
नवलपुर, ११ फागुन ।
नवलपुर जिल्ला स्थित कावासोती नगरपालिकामा रहेको कालिका मा. विद्यालयको मुल गेट भत्किँएर च्यापिदा एक बालिकाको मृत्यु भएको छ । विद्यालयको फलामको मुल गेट वरपर खेलिरहेका विद्यार्थी च्यापिएका थिए ।

गेटले च्यापिएर त्यस विधालयको कक्षा ३ मा पढ्ने ८ वर्षकी अमित्रा सिंजाली मगरको बिहान पाैने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयको प्रधानध्यापक लेखराज पोख्रेलले बताए ।

त्यस्तै गेटले च्यापिदा अर्का विद्यार्थी कक्षा ४ मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी मुचुल्का तयार गरी पोष्टमार्टका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);