तामाकोसीमा डुबेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

तामाकोसीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं। तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको डुबेर ज्यान गएको हो।

माझी हिजो दिउँसो मन्थली नगरपालिका–७ ओडारेस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply