स्वयम्भुनाथको परिक्रमा मार्ग 'वान वे' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १ असोज । स्वयम्भुनाथको परिक्रमा मार्गमा सवारीसाधन एकतर्फी रुपमा संचालन गर्न सुरु गरिएको छ ।

स्वयम्भुका स्थानीयबासी, सामुदायिक प्रहरी र ट्राफिक प्रहरीको पहलमा स्वयम्भुनाथ परिक्रमा मार्गमा आइतबार सवारीसाधनको एकतर्फी संचालन सुरु गरिएको हो । नार्गाजुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले सवारीसाधनको एकतर्फी संचालन शुभारम्भ गरेका छन् । मेयर बस्नेतले सवारीसाधनको एकतर्फी सञ्चालनसँगै दुर्घटना न्युनिकरण हुने विश्वास व्यक्त गर्दै उनले दुर्घटना न्युनिकरणका लागि सवारी चालकहरु अनुशासित हुनुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक बिनोद घिमिरेले सवारी चालकहरुले लेन अनुशासन पालना नगर्दा दुर्घटना हुने गरेको भन्दै दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रमका अन्य सहभागीहरुले सडकको सुरक्षाका लागि लेन अनुशासन पालना नगर्ने चालकलाई कुनै पनि वाहनामा उन्मुक्ति नदिन ट्राफिक प्रहरीसँग आग्रह गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);