लामो दुरीमा चल्ने सवारीसाधनमा ट्राफिक प्रहरीकाे निगरानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लामो दुरीमा चल्ने सवारीसाधनमा ट्राफिक प्रहरीकाे निगरानी

काठमााडौं, १२ साउन । सडक दुर्घटना बढेपछि धनुषा ट्राफिक प्रहरीले लामो दुरीमा चल्ने सवारीसाधनमा निगरानी बढाएको छ । लामो दुरीका सवारीसाधन एउटै चालकले चलाउँदा दुर्घटनाको जोखम बढ्ने भन्दै ट्रफिक प्रहरीले अनिवार्य रुपमा चालक परिवर्तन गर्न सचेत गराएको हो । साथै यात्रुहरुको सुविधा तथा चालकहरुले मादक पदार्थ सेवन गरे नगरेको विषयमा पनि ट्राफिकले निगरानी बढाएको छ ।

लामो दुरीमा चल्ने सवारीसाधनमा निश्चित दुरी पछि चालक परिवर्तन गर्न जरुरी हुन्छ । एउटै चालकले लामो समयसम्म सवारी चलाउँदा शारिरीक थकानका कारण सवारी नियन्त्रण गर्न नसकेर दुर्घटना हुने सम्भावना रहन्छ ।

यसै पक्षलाई मध्यनजर गर्दै जनकपुरबाट छुट्ने लामो दुरीको सवारी साधानमा अनिवार्य चालक परिवर्तन गर्न धनुषा ट्राफिक प्रहरीले सचेत गराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख दीपककुमार साहले जनकपुरबाट काठमाडौंसम्म चल्ने रात्रि बसहरुको चालक हेटौंडामा नफेरिए, चालकहरुले अत्यधिक गतिमा बस चलाए, लापर्बाहीपूर्वक चलाए अथवा मदिरा सेवन गरी सवारी चलाए ट्राफिक प्रहरीलाई खबर गरी सहयोग गरिदिन यात्रुहरुलाई आग्रह गरे ।

यस अभियानले चालकको लापर्बाहीबाट हुने दुर्घटनामा न्युनिकरण आउने ट्राफिक प्रहरीको विश्वास छ । यात्रुहरुले पनि ट्राफिक प्रहरीको यस अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । साथै उनीहरुले यसलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

सडक दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापर्बाही पनि एक हो । चालक सचेत हुने हो भने मात्र पनि धेरै हदसम्म दुर्घटनामा कमी आउन सक्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);