पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरै पहिरो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

काठमाडौँ, १८ भदौ । हिजो शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा चितवनमा पर्ने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध छ।

 

हिजो रातिदेखि पहिरो खसेर अबरुद्ध बनेको पृथ्वी राजमार्ग अहिलेसम्म पनि सुचारु हुन सकेको छैन। अहिले पृथ्वी राजमार्गमा पर्ने फिस्लिङ र घोप्टे भीरको पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

मुग्लिनबाट काठमाडौँतर्फ पहिरो गएको स्थान फिस्लिङ १२ किमी पर्छ भने घोप्टेभिर करिब दुई किमी मात्रै टाढा पर्छ। यसैगरी मुग्लिन नारायणगढ सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

 

ताजा समाचार