नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने

भरतपुर,५ भदौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन अझै पाँच घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

गए राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ । चार वटा मेसिन लगातार पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउने काम सकिएको छ ।

काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ । file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);