सङ्कटमा खच्चड व्यवसाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सङ्कटमा खच्चड व्यवसाय

सन्दिप शर्मा म्याग्दी

म्याग्दीको गाउँ गाउँसम्म सडकको पहुँच विस्तारसँगै यातायात चल्न थालेपछि खच्चड व्यवसायी सङ्कटमा परेका छन् । जिल्लाको ग्रामीण भेगमा ढुवानी गर्ने प्रमुख साधनका रुपमा रहेको खच्चड व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै जान थालेको हो ।


भौगोलिक हिसाबले दुर्गम जिल्लाको रुपमा चिनिएको म्याग्दीमा गाउँ गाउँसम्म पनि मोटरबाटोसँगै यातायातको सुविधा भएपछि आफ्नो व्यवसाय सङ्कटमा परेको खच्चड व्यवसायीहरुले गुनासो गरेका छन् । विगतमा म्याग्दी सदरमुकाम बेनीबजार तथा पश्चिम म्याग्दीको दोस्रो ठूलो व्यापारिक क्षेत्र दरबाङ बजारबाट गाउँगाउँमा सामानहरु ढुवानी गर्ने खच्चड व्यवसायीहरु यायातायातको साधन गाउँमै पुगेपछि विस्थापित बन्नुपरेको छ ।


पहिले–पहिले म्याग्दीको बेनी, दरबाङ र गलेश्वरबाट खच्चडले सामान बोक्थ्यो । तर अहिले गाउँमा मोटरबाटो पुगिसकेपछि दैनिक उपभोग्य सामग्रीसहित अन्य ढुवानी समेत बोलेरो जीप, ट्याक्टर तथा ट्रकले नै घरघरमा पु-याउँदै आएको छ । यातयातका साधनमार्फत गाउँमै सामान ढुवानी गर्ने हुँदा खच्चड पाल्न समेत धौधौ भएको धवलागिरि गाउँपालिका–२, लुलाङका खच्चड व्यवसायी लोकेस श्रीपालीले दुःखेसो पोखे । उनले अहिले गाउँमा नै घाँस दाउरा काट्ने त्यही खच्चडलाइ बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम खच्चड मार्फत गरिरहेको बताए ।


सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेका छन् । खच्चर बिक्री गर्न खोज्दा समेत बिक्री हुँदैन, कहाँ जाने के गर्ने यतिन्जेल पालेको खच्चरको माया लाग्छ । गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं अर्का खच्चर व्यवसायी अमृत श्रीपालीले भन्छन् । यातायातका साधनहरु गाउँ गाउँमा पुगे पछि खच्चर व्यवसायीहरु विस्थापीत बनि सकेका छन् । पुराना खच्चर व्यवसायीहरुले खच्चर बिक्री गरेर ढुवानीको लागी यातायातको साधनहरु प्रयोग गर्न थालेको अन्नपुर्ण गाउँपालिका –८ राम्चे नाङ्गीका डल्लु पुनले बताए । उनले आफुले पनि पहिले देखि नै खच्चरको बिक्री गरेर यातायातका साधनहरु खरीद गरी यातायातकै साधन मार्फत गाउँगाउँमा ढुवानी पुराउन लागेको बताए ।

जिल्लामा मोटर वाटो पुगेको स्थानहरुमा अहिले खच्चर कमै मात्रामा देखिन्छ । धेरै खच्चर व्यवसायीहरु अहिले खच्चर व्यवसाय छोडेर अन्य व्यवसाय तर्फ लागीरहेका छन् भने खच्चर व्यवसाय गरीरहेका व्यवसायीहरुलाइ खच्चर पाल्न समेत धौ धौ भै रहेको छ । संघीयताको कार्यान्वयनसँगै गाउँ गाउँमा मोटरबाटो, खानेपानी र विद्युतीकरणको विस्तार पुगेको छ ।

पश्चिम म्याग्दीको धवलागिरि–१ नम्बर वडामा पर्ने जिल्लाकै दुर्गम तथा विकट क्षेत्र गूर्जाबाहेक म्याग्दी जिल्लाको अन्य स्थानहरुमा ट्¥याक मात्रै खोलेर भए पनि मोटरबाटो पुगेको छ । सामानहरु सुरक्षित र छिटो आउने भएकाले आफूहरु पनि यातायातका साधनको प्रयोग गरेको गाउँलेहरु बताउँछन् । बिक्रीसमेत नहुने भएकोले खच्चको व्यवस्थापनमा समस्या भैरहेको व्यवसायी गुनासो छ । पहिलेका तुलनामा जिल्लाभित्र अहिले खच्चरको संख्या समेत तेब्बर घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);