मतपत्रका लागि परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, चुनाव हुने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १ कात्र्तिक । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलग-अलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चुनाव नसर्ने निश्चित भएको छ ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्ल छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि अब आयोगले अहिले छापिरहेका दुई वटा मतपत्रबाटै चुनाव हुने भएको हो ।

रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

निर्वाचन आयोगले संघ र प्रदेशका लागि प्रत्यक्षतर्फको एउटा पानामा र समानुपातिकतर्फ अर्को पानामा दुईरदुईवटा मतपत्र छाप्न थालिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते हुँदैछ ।

supreme-court-1

supreme-court-2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);