आजदेखि काठमाडौँ–हङकङ–नयाँ दिल्ली उडान सुरु गर्दै वायुसेवा निगम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजदेखि काठमाडौँ–हङकङ–नयाँ दिल्ली उडान सुरु गर्दै वायुसेवा निगम

काठमाडौँ, १२ भदौ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । आजदेखि निगमले काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको हो ।

गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएकोमा अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको निगमले जनाएको छ ।

निगमलेको अनुसार बिहान सवा ८ बजे भैरहवाबाट उडेको जहाज काठमाडौँमा ९ बजे अवतरण गराएर यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । यसका लागि गत भदौ १० गतेबाट नै टिकट बुकिङ खुला गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्न सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयहरुसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);