निगमलाई चीनका लागि उडान अनुमति प्राप्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

bayu sewa nigam

काठमाडौं, १८ मंसिर । नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।

निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको छ ।

निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमाति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेसनसँग आवद्ध थप काजगात मागेको थियो । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);