विकास थाल्यो कि विरोध गरिहाल्ने प्रवृत्ति गलत,उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

विकास थाल्यो कि विरोध गरिहाल्ने प्रवृत्ति गलत,उपप्रधानमन्त्री

२०८१,१०,१२

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन्।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्‍यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए। उनले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताए।

उनले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छरु भन्दै प्रश्न गरे। उनले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए।

उनले भने, ‘अस्वस्थ प्रतिष्पर्धा भएपछि जसले जे गरे पनि, जे बोले पनि, जे लेखे पनि हुने, त्यस्तैको मात्रै जयजयकार हुने हो भने त देश कहाँबाट कहाँ पुग्छ ररु सिस्टममा त हामी जानुपर्छ नि।ु

उपप्रधानमन्त्री सिंहले जनताले चाहे अनुसारको व्यवस्था र सुधार आएको बताए। काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताए।

Leave a Reply