पार्टी विभाजनका लागि अध्यादेश ल्याउने सरकारको काम आपत्तिजनक र निन्दनीय : एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी विभाजनका लागि अध्यादेश ल्याउने सरकारको काम आपत्तिजनक र निन्दनीय : एमाले

काठमाडौं । नेकपा एमालेले सरकारले संसद अधिवेशन अन्त्य गरी पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने काम आपत्तिजनक र निन्दनीय भएको ठहर गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो ।

बैठकले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार संसदीय परम्परा भन्दा बाहिर गएर अलोकतान्त्रिक गतिविधितर्फ लागेको आरोप लगाएको छ ।

‘संसद अधिवेशन अन्त्य गरेर पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्ष दल भित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई पार्टी विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने तथा लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टाचार भित्र्याउने तयारी गरिँदै छ । यो अति आपत्तिजक, निन्दनीय र अस्वीकार्य छ, ’ बैठकपछि सञ्चारीकर्मीहरु सँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

बैठकले लोकतान्त्रिक प्रणाललाई नै विवादित बनाउने र शंकट तिर धकेल्ने गठबन्धन सरकारको यस क्रियाकलापप्रति खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने संकल्प गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकारले जिम्मेवार हुने पनि उनले बताए ।

मंगलबारको बैठकले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलार्य विभाजन विरुद्ध आवाज उठाउन र सक्रिय रुपमा लाग्न समेत आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यस्तै बैठकमा अफगानिस्तानबाट नेपालीहरुको उद्धारमा सरकारले उदासिनता देखाएको भन्दै आलोचना भएको पनि ज्ञवालीले जानकारी दिए । सार्क राष्ट्रको अध्यक्षता गरिरहेको नेपाल अफगानिस्तानको पछिल्लो अवस्थाबारे मौन रहेको विषयमा पनि आलोचना भएको उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);