संसद अधिवेशन अन्त्यका लागि सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसद अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सोमबार राति १२ बजेदेखि नै लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्न लागिएको हो । चालु अधिवेशन प्रनिनिधिसभा दोश्रो पटक पुनस्थापना भएपनि बसेको पहिलो अधिवेशन हो ।

संसदमा पेश गर्न विभिन्न विधेयकहरु रहँदा रहँदै पनि सरकार संसदलाई पर्याप्त बिजनेश नदिएकोमा सांसदहरुले नै गुनासो गर्दै आईरहेका छन् ।

संसद अधिवेशन अन्त्य गरी सरकार एमाले फुट्न सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);