जसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को तेस्रो दिनको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ ।

बुधवार दिउँसो पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो ।

बिहान ११ बजेदेखि नै बैठक सुरु हुने भनिए पनि पार्टीका शीर्ष नेताहरु नआएकोले बैठक बस्न सकेन ।

आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन बिस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);