गाउँ पस्‍न थाले दल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गाउँ पस्‍न थाले दल

नेकपा संसदीय दल

काठमाडौं, ३० बैशाख । प्रमुख तीन दल आफ्नो पार्टीको राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएका छन् । २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि गाउँ नपुगेका प्रमुख दल नेकपा, कांगेस र समाजवादी नेपाल पार्टी अभियान लिएर जनताबीच जान लागेका हुन्।

कांग्रेस तीन चरणमा पुस १६ सम्मका कार्यक्रम नै बनाई राष्ट्रिय जागरण अभियानका नाममा जिल्ला पुगिसकेको छ । सत्तारूढ दल नेकपा र नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकतापछि बनेको तेस्रो ठूलो दल समाजवादी पार्टी नेपाल जिल्ला तहमा पार्टी अभियान लिएर जाने तयारीमा छन्।

कांग्रेसले २५ वैशाखदेखि जागरण अभियान थालेको छ। सातै प्रदेशमा पार्टी पदाधिकारी र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर उसले अभियान चलाइरहेको छ। नेकपाले भने पार्टी पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनको एकतालगत्तै देशभर राष्ट्रिय अभियान लिएर नेताहरू गाउँ तहसम्मै जाने महासचिव विष्णु पौडेलले बताए। ‘अभियान लिएर जान ढिला भएको छ, एकता र एकीकरणको काम सक्नेबित्तिकै हामी देशव्यापी राष्ट्रिय अभियान चलाउने तयारीमा छौं,’ महासचिव पौडेलले भने ।

संघीय समाजवादी पार्टीले देशका मुख्यमुख्य सहरमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव दुवै नेताले सम्बोधन गर्ने गरी कार्यक्रम लिएर जान खोजेको छ। पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक शीर्ष नेताहरूले नै सम्बोधन गर्ने गरी कार्यक्रम बनाइएको समाजवादी पार्टीका सचिव प्रकाश अधिकारीले बताए। त्यस्तो अभियान जेठ ११ गतेबाट चल्नेछ।

कांग्रेसले सरकारविरुद्ध खबरदारी गर्न र पार्टीको संगठनात्मक सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरेको बताएको छ। निर्वाचनमा पार्टी कमजोर बनेको र त्यसयता पनि आन्तरिक घरेलु झगडाका कारण संगठनात्मक काम प्रभावित बनेपछि कांग्रेसले अभियान थालेको हो। यो समाचार आजको अन्नपुर्ण दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);