बजेट अधिवेशनमा अर्थमन्त्री नआएपछि सांसद श्रेष्ठको असन्तुष्टी– कति कमजोर बैठक व्यवस्थापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बजेट अधिवेशनमा अर्थमन्त्री नआएपछि सांसद श्रेष्ठको असन्तुष्टी– कति कमजोर बैठक व्यवस्थापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाको व्यवस्थापन कमजोर रहेको भन्दै गुनासो गरेकी छन् ।

संघिय संसद बैठक नयाँ बानेश्वरमा जारी बैठकमा आज बजेटको अधिवेशन चलिरहेको छ । बजेटका विषयमा छलफल चलिरहँदा अर्थमन्त्री भने उपस्थीत थिएनन् । यस विषयमा सांसद श्रेष्ठले अर्थमन्त्री बिना बजेटका सिद्धान्त र प्रथमिकताको कुरा गर्नुको कुनै अर्थ नरहेको भन्दै असन्तुष्टि पोखेकी थिइन् ।

‘जवाफदेहिता अपरिहार्य छ! कर्मकान्डी बजेटका छलफल हुन दिनुहुँदैन । यसकारण आज मैले हाम्रो प्रतिनिधि सभा नियमावली दफा ६(५) “विषय सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने” सम्झाउँदै नियमापत्ति गरेँ । बजेटको अधिवेशनमा अर्थ मन्त्री अनुपस्थित भएकाले नियमापति गरेँ,’उनले भने ।

लगतै सभामुखले अर्थमन्त्री राष्ट्रिय सभामा रहेको भन्दै आउँन ढिला भएको जानकारी दिए । सांसदहरुले अर्थमन्त्री बीनाको छलफलको औचित्य नरहेको भनेपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);