अर्थमन्त्री नआएको भन्दै रास्वपाको आपत्ती पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अर्थमन्त्री नआएको भन्दै रास्वपाको आपत्ती पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । बजेटबारे छलफल भईरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गर्नु भएको थियो । त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताउनु भएको थियो । उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ । मलाई थाहा छ । हाम्रो फाईनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर । तर यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरु सोध्दाखेरी उहाँ नभईदिँदाखेरी अर्को एउटा नियम छ १४२ । जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उलंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ ।’ यसलगतै उपसभामु इन्दिरा राणा मगरले अर्थमन्त्री राष्ट्रिय सभामा रहेको र केहि समयमै आउने जानकारी दिनुभएको थियो । तर, त्यसको केहि मिनेटमै सभामुख देवराज घिमिरेले संसद १५ मिनेटका लागि स्थगित भएको जानकारी दिनुभएको थियो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);