बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, ३ असार । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् । सरकारका मन्त्रिको अनुपस्थितिका कारण आईतबारको बैठक १५ मिनेट स्थगित हुनुपरेको भन्दै सभामुखले प्रतिनिधिसभा संचालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् ।

नियमावलि ५६ले बैठक संचालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागिय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सभामुखले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सचेत गराएका छन् ।

आईतबार छलफल भईरहेका मन्त्रालयका कुनै पनि विभागिय मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गर्नुपरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);