संघीय संसदका दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं, २७ वैशाख । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् ।

सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको छ । गत आईतवार सरकारले प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सोमवार र मंगलवार छलफल गरिसकेका छन् ।

दुई दिन छलफलमा भाग नलिएका सांसदहरुले आज छलफलमा भाग लिने कार्यसूचि रहेको छ । राष्ट्रिय सभामा भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएर अर्थमन्त्री महतले सांसदले उठाएका प्रश्नको जवाफ दिइसक्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);