ढाकाकुमारको सांसद पद खारेज गर्न रविलाई किन हतारो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ढाकाकुमारको सांसद पद खारेज गर्न रविलाई किन हतारो ?

काठमाडौं, ३० चैत्र । व्यवसायी दुर्गा प्रसाइसँग सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न साढे २ करोड रुपैयाँ मागेको अडियो प्रकरण अख्तियारबाट पुष्टि नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले उनको पद खारेज गरेको छ । संघीय सांसद सचिवालयले सांसद पद रिक्त रहेको जानकारी गराएपछि मात्र नयाँ सांसद तोक्न पाइने संवैधानिक व्यवस्था रहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नरेश बहादुर सिंहको भनाइ छ । रास्वपाले यति चाँडै निर्णय गर्नुलाई उनले आलोकाचोको संज्ञा दिए ।

अडियो सार्वजनिक भएको ७२ घण्टाभित्रै बुधबार सांसद श्रेष्ठको पद खारेज गर्ने रास्वपाले निर्णय गरेको हो । बुधबार रास्वपाका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत् कारबाहीको जानकारी दिए । उनले सांसद श्रेष्ठको पद खारेजी गरी पार्टी सदस्यता समेत नराख्ने स्पष्ट पारे ।

यसअघि सांसद श्रेष्ठ पहिलोपटक सार्वजनिक रुपमा बोल्दै उपनिर्वाचन हराउन योजनावद्ध तरिकाले अडियो भाइरल बनाइएको दाबी गरे । उनले अडियो इडिटिङ गरिएको दाबी गरेका थिए । तर, पत्रकारहरुको प्रश्नको भने कुनै जवाफ दिएनन् ।

सांसद श्रेष्ठले मन्त्री बन्न २ करोड मागेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यसले उनको दल रास्वपालाई चुनावको मुखमा ठूलो असर परिरहेको छ । लामिछानेले उपनिर्वाचनमा खटिएकोमा बुधबार काठमाडौं आएका थिए । उनी चितवन २ को निर्वाचन क्षेत्रबाट बैशाख १० गते हुन गइरहेको संसदको उपनिर्वाचनमा उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);