ढाकारामको सांसद पद नै जाने, कस्को खुल्ने भयो भाग्य | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ढाकारामको सांसद पद नै जाने, कस्को खुल्ने भयो भाग्य

काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद जाने भएको छ । मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।

प्रक्रिया पुर्याएर पदबाट हटाउन श्रेष्ठलाई स्पष्टिकरण सोधिएको बुझिएको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी २४ घण्टे स्पष्टिकरण मागेको । तीन दिनभित्र सत्यतथ्य छानविन गरी केन्द्रीय समितिमा प्रतिवेदन अनुसन्धान समितिले बुझाउने गरी निर्णय लिइएको छ ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पैसा दिनुपर्ने भन्दै २ करोड मागेको अडियो बाहिरिएको छ । योसँगै उनको सांसद पद धरापमा परेको हो ।

श्रेष्ठ रास्वपाको समानुपातिकतर्फको सांसद हुन् । उनको नाम हटाइए समानुपातिक सूचीको जनजातितर्फको अर्को व्यक्तिको भाग्योदय हुनेछ ।

समानुपातिकतर्फ सूचीमा ढाकाकुमार श्रेष्ठको नाम पहिलो नम्बरमा थियो । उनको सांसद पद गएमा महिला बनाए बिन्दवासिनी कंशाकार , पुरुषलाई बनाए मेघबहादुर आलेको भाग्योदय हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);