ढाकाकुमारको सांसद पद धरापमा, रास्वपामा कस्को भाग्य खुल्ला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ढाकाकुमारको सांसद पद धरापमा, रास्वपामा कस्को भाग्य खुल्ला !

काठमाडौं, २८ चैत्र । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद धरापमा छ । यसै हप्ता उनको सांसद पद जाने गरी निर्णय हुनसक्छ । सांसद श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणकरणबारे छानबिन गर्न रास्वपाको आज अनुशासन समितिको बैठक बस्दैछ ।

मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । उनले स्पष्टिकरणसमेत दिइसकेका छन् । प्रक्रिया पुर्याएर पदबाट हटाउन श्रेष्ठलाई स्पष्टिकरण सोधिएको बुझिएको छ । तीन दिनभित्र सत्यतथ्य छानविन गरी केन्द्रीय समितिमा प्रतिवेदन अनुसन्धान समितिले बुझाउने गरी आइतबार निर्णय लिएको थियो ।

श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग मन्त्री बन्न पैसा दिनुपर्ने भन्दै २ करोड मागेको अडियो बाहिरिएको छ । योसँगै उनको सांसद पद धरापमा परेको हो । मंगलबार पनि श्रेष्ठका भाई भन्ने व्यक्ति र प्रसाईको अडियो सार्वजनिक भएको छ । सो अडियोले झन उनलाई पार्टीभित्र अफ्ठेरोमा पार्ने देखिएको छ ।

श्रेष्ठ रास्वपाको समानुपातिकतर्फको सांसद हुन् । उनको नाम हटाइए समानुपातिक सूचीको जनजातितर्फको अर्को व्यक्तिको भाग्योदय हुनेछ । समानुपातिकतर्फ सूचीमा ढाकाकुमार श्रेष्ठको नाम पहिलो नम्बरमा थियो । उनको सांसद पद गएमा महिला बनाए बिन्दवासिनी कंशाकार, पुरुषलाई बनाए मेघबहादुर आलेको भाग्योदय हुनेछ । दुवै जनजातितर्फको बन्द सूचीमा समावेश गरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);