दलहरुले विषयगत समितिका लागि आजै सदस्यको नाम पठाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

दलहरुले विषयगत समितिका लागि आजै सदस्यको नाम पठाउने

काठमाडौं, २८ चैत्र । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले विषयगत समितिमा रहनेहरुको नाम एक–दुईदिनभित्रै बुझाउने भएका छन् । विषयगत समितिलाई मंगलबार (आज)सम्म टुंगो लगाउने निर्णय सोमबार बसेको बैठकले गरेको हो । राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको सोमबार बसेको बैठकले विषयगत समितिका लागि मंगलवारसम्म साँझसम्म सदस्यको नाम पठाउने सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिकोे बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल भएको बताए । नयाँ संसदपछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बुझिएको छ । सबै दलहरुलाई मंगलवार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको हो ।

नेकपा एमालेले पनि मंगलवार बेलुकासम्म समितिका लागि सदस्यहरुको नाम पठाउने सचेतक महेश बर्तौलाले बताए । संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको उनको भनाइ थियो ।
सचेतक बर्तौलाले संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए । File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);