भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल बेलायतमा सञ्चालनमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल बेलायतमा सञ्चालनमा आउँदै

एजेन्सी । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आउने भएको छ ।नेपाली भूमिमा जन्मिएका स्वर्गिय तुलबहादुर अहिले यस धर्तीबाट बिदा भएपनि उनले परदेशि भूमिमा देखाएको बहादुरीले गर्दा नेपाल र नेपालीहरुलाई गौरवान्वित बनाएको छ ।

लण्डनमा अवस्थित रहेको प्याडिङ्टन रेलवे स्टेशनमा भएको एक समारोहमा गेट वेस्र्टन रेलवेले भिक्टोरिया क्रस पाएका तुलबहादुर पुनको नाम अङ्कित रेल संचालनमा ल्याउने एक कार्यक्रममा उद्घोष गरेका थिए । कार्यक्रममा भूपू गोरखा सैनिकको हकहितको लागी संघर्षरत बेलायतकी चर्चित नायिका जो अनालुम्लेको समेत सहभागिता थियो ।

लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले र भिसि पुन बटालियनमा सँगसँगै कार्यरत रहेका थिए । सानै छदाँ आफूले पितालाइ गुमाइसकेको अवस्थामा भिसि तुलबहादुरलाई उनले बाबु बनाएको बताईन् । सो कार्यक्रममा भिसि पुनका छोरा अर्जुन तिलिजा र उनकी छोरी मेघकुमारी पुन समेतको उपस्थिति रहेको थियो ।

विक्रम संवत १८ सय ६६ सालमा म्याग्दीमा जन्मेका स्वर्गिय तुलबहादुर पुनले आफू यस धर्तीबाट बिदा भएपनि उनले परदेशी भूमिमा देखाएको बहादुरीले गर्दा यतिबेला नेपाल र नेपालीहरुलाइ गौरवान्वित बनाएको छ ।

उनले दोस्रो विश्वयुद्दमा बर्माको मोगाउङ्खमा पुनले देखाएको बहादुरीको सम्मान स्वरुप उनलाइ सन १९४४, ९ नोभेम्बरमा भिक्टोरिया क्रस अवार्ड दिइएको थियो ।पुनले भिसिका साथै अन्य अवार्डहरु ‘बुर्मा स्टार ’ , ‘वार मेडल’ , ‘जेनेरल सर्भिस मेडल’ जस्ता अवार्डहरु समेत पाएका थिए ।यो सम्मान तुलबहादुर पुनको लागी व्यक्तिगत रुपमा मात्र सम्मान नभई यसले नेपाल र नेपाली दुवैको शिर उच्च पारेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);