नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट पृष्टि | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट पृष्टि

काठमाडौं, २१ चैत्र । नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनामा परीक्षण गर्दा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको हो । छिमेकी देशमा पनि उक्त भाइरस फैलिरहेको हुँदा मन्त्रालयले सिमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको सिमानाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशिल हुन समेत मन्त्रालयले आग्रह गरेको छ ।

साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ । पछिल्लो सयम कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । २४ घण्टामा ११ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा पुष्टि भएको छ । सोही समयमा १६ जना संक्रमणमुक्त भएका छन् । २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);