पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै भारत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै भारत बन्द

एजेन्सी, २५ भदाै । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज भारत बन्द घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् ।

भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ भारु प्रतिलिटर भन्दा माथि रहेको छ । यो हालसम्मकै उच्च मूल्य भएको बताइएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।

उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनको रेल सेवा समेत अवरुद्ध गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);