भारतको सर्वोच्च अदालतले गर्यो समलिङ्गी यौनलाई मान्यता दिने फैसला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भारतको सर्वोच्च अदालतले गर्यो समलिङ्गी यौनलाई मान्यता दिने फैसला

indian supereme court

एजेन्सी, २२ भदौ । भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो ।

झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको बताइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो । अप्राकृतिक कसूर को व्यवस्था भएको सेक्शन ३७७ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूको सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो ।

भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ । इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ । गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको छ । भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध सङ्घर्ष गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);