समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं, १४ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको बताएका छन् ।

समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत भएको उनको ठहर छ । विवाह केवल महिला र पुरुष विचको पवित्र सम्बन्ध मात्र भएको उनको दाबी छ ।

समलिङ्गी विवाहले वैधानिकता पाएमा समाजमा सामाजिक विकृति सिर्जना हुने नेता थापाको तर्क छ ।

सामाजिक सञ्जालमा लेखेका छन्,‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो । समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);