भेनेजुएलामा राजनीतिक संकट समाधान गर्न दुबै पक्ष सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भेनेजुएलामा राजनीतिक संकट समाधान गर्न दुबै पक्ष सहमत

maduro guaido

एजेन्सी, १५ असार । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएदोबिच लामो समय देखी चर्किदै आएको राजनीतिक संकट समाधानको लागि वार्ता गर्न समहत भएका छन् । मादुरो र गुएदोबिच चल्दै आएको राजनीतिक संकट समाधानको लागि दुवै पक्ष सहमत भएका हुन तर वार्ताको स्थान भने तोकिएको छैन । वार्ता आउँदो हप्ता सुरु हुने बताइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएदोबिच लमो समय देखीे राजनीतिक संकट चर्किदै आएको छ । संकट समाधानको लागि नर्वेको प्रयासमा गत मे मा ओस्लोमा वार्ता पनि भएको थियो तर दुवै पक्ष आफ्नो अडानमा रहेका कारण सो वार्ता निस्कर्ष विहिन भएको थियो । आर्थिक तथा राजनीतिक संकटका कारण हालसम्म ४० लाख भन्दा बढी नागरिक भेनेजुएलाबाट बिस्थापित भइसकेका छन् ।

मादुरो र गुएदोका प्रतिनिधिबिच अहिले वार्ताको तयारीका लागि वार्ता भएको जनाइएको छ । गुएदोले गएको शुक्रबार ट्वीट गरेर आफूलाई समर्थन गर्दै आएका सहयोगीहरुबाट पनि नयाँ चरणको वार्ताका लागि साथ प्राप्त भएको बताएका थिए । तर उनले त्यसबारे थप केही खुलाएका छैनन् ।

गत जनवरीमा गुएदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । मादुरोका कारण देशको आर्थिक अवस्था सखाप भएको विपक्षीको आरोप छ । मादुरोले भने अमेरिकाको स्वार्थमा विपक्षी फसेको बताउँदै आएका छन् । आर्थिक तथा राजनीतिक संकटको चपेटामा भने सर्वसाधारण नागरिक परेका छन् ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई बेवास्ता गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन अहिले कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बिया सहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएदोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएदो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

यसरी लामो समय देखी चर्किदै आएको राजनीतिक संकट समाधानको लागि अहिले दुवै पक्ष वार्ता गर्न समहत भएका हुन् । वार्ता आउँदो हप्ता सुरु हुँदछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);