अमेरिका–चीन सम्बन्धमा सुधारको संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका–चीन सम्बन्धमा सुधारको संकेत

एजेन्सी, १५ असार । तनावपूर्ण अमेरिका र चीनको सम्बन्धमा सुधार आउने संकेत देखिएको छ ।

जापानमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको वार्तामा रोकिएको दुई देशबिचको व्यापार वार्ता पुनः सुरु गर्ने सहमति बनेपछि सम्बन्ध सुधारको आश जागेको हो । पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबिच व्यापार युद्धको अवस्था छ । दुवै देश एकअर्काको देशका उत्पानमाथि सीमाशुल्क थप गर्ने होडमा लाग्दा विश्वका दुई ठूला आर्थिक शक्ति राष्ट्रबिच व्यापार युद्धको अवस्था आएको हो ।

यसले विश्व अर्थव्यवस्थामा समेत असर पर्न थालेको विश्लेषकले बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिच दुई देशबिचको व्यापारिक विषयलाई लिएर नयाँ सिराबाट वार्ता सुरु गर्ने सहमति बनेको हो । दुवै देशका नेता अवरुद्ध व्यापार वार्ता पुनः सुरु गर्न सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीले पुनः हुवाईको बिक्री गर्न पाउने घोषणा गरेका हुन् । गत मे मा अमेरिकाको वाणिज्य विभागले हुवाईको बिक्रीमा प्रतिबन्ध लगाएको थियो । तर ट्रम्पले सीसँगको भेटपछि त्यसलाई उल्ट्याएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);