इराक-इरानको सीमानामा शक्तिशाली भूकम्प, सयौँ मानिसको मृत्यु भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २७ कार्तिक । इरान र उत्तरी इराकको सीमा क्षेत्रमा एउटा शक्तिशाली भूकम्प जाँदा दर्जनौं मानिसहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। पश्चिम इरानमा कम्तीमा ६१ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ। भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्। इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन्।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ। इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ। भूकम्पको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको  बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);