इरानको शक्तिशाली भूकम्पमा मर्नेको संख्या चार सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

काठमाडौं, २८ कार्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या चार सय नाघेको छ। इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा बढी घाइते भएका छन्।

भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पबाट अस्पतालहरुमा पनि क्षति पुगेकाले उपचारमा कठिनाई भएको छ।

भूकम्पबाट प्रभावित ७० हजार मानिसलाई तत्काल बासस्थानको आवश्यकता रहेको उद्धारकर्मीहरुले जनाएका छन्। भूकम्पपछि दुबै देशका सीमावर्ती क्षेत्रका थुप्रै भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ। एजेन्सी

ताजा समाचार