जापानमा गत विहीवार गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जापानमा गत विहीवार गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या वृद्धि

earthquake

एजेन्सी, २४ भदौ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अहिले सम्ममा ३० पुगेको छ ।

भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको छ् । मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीयहरुले बताएका छन् । गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो ।

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ । सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । उद्धारकार्यमा हजारौको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);