अपडेट : इराक-इरानको सिमामा भूकम्प, एक सय ३३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अपडेट : इराक-इरानको सिमामा भूकम्प, एक सय ३३ जनाको मृत्यु

काठमाडौँ, २७ कार्तिक । इरान र इराकको सिमानामा शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या एक सय ३३ पुगेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार शक्तिशाली भूकम्पमा परी इरानको पश्चिम क्षेत्रमा मात्रै १ सय २९ जनाको मृत्यु भएको छ। इराकमा अन्य चारको ज्यान गएको बताइएको छ।

इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय २९ जनाको मृत्यु अधिकारीहरुलाई उदृत गर्दै त्याहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पका कारण थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ। बाटो अबरुद्ध भएका कारण केही उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन्।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्वीरमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र पराकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको बीबीसीले जनाएको छ। कुवेतमा रोजगारीका लागि गएका हजारौँ नेपालीहरु रहेकाले नेपालीपनि परेको हुनसक्ने आशंका गरिएको छ । अद्यपी अहिलेसम्म नेपालीका विषयमा भने त्यस्तो कुनै खबर बाहिर आएको छैन।

७।३ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);