पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

लमजुङ ।  सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले  सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ ।

सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ  जाने र  बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);