डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लमजुङ। लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । मङलबारदेखिको निरन्तर बर्षाका कारण  मंगलबार रातीदेखी  उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।गत वर्ष र असार पहिलो साताको पहिरोले  डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएपनि यस खण्ड समेत पटक पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

सडकखण्ड अबरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);