पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड अझै सञ्चालनमा आएन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड अझै सञ्चालनमा आएन

२८ साउन, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरारीको दाउन्ने सडकखण्ड अझै सञ्चालनमा आएको छैन । लगातारको वर्षाका कारण बर्दघाट नगरपालिका-४ स्थित दाउन्ने उकालोमा सडक भत्किएको थियो ।

 

सडक भत्किएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने आसपास कम्तिमा १० ठाउँमा पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार भत्कीएको ठाउँभन्दा तीन मिटरको दूरीसम्म बाटो चर्किएको छ । जसका कारण पूर्व-पश्चिम यात्रा गर्ने साना तथा ठूला सवारीसाधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् ।

 

भारी वर्षाका कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पहिरो खसेको छ। सडक भत्किएपछि अहिले यस राजमार्गमा यातायात पूर्ण रुपमा ठप्प भएको छ । गएराती यहाँ पहिरो गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);