सुनसरीको इटहरीमा मात्रै सात वटा शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनसरीको इटहरीमा मात्रै सात वटा शव फेला

२८ साउन, सुनसरी ।  सुनसरीको इटहरी उपमहानगरपालिकामा मात्रै आज सातवटा शव फेला परेका छन् । अत्यधिक वर्षाका कारण आएको बाढीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

भोजपुर घर भई हाल इटहरी–४ मा डेरा गरी बस्ने माया राईकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

 

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३५ वर्षकी एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);