पूर्व र पश्चिम तराईका अधिकांश ठाउँमा आइतबारसम्म वर्षा जारी रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साउन २८, काठमाडौँ ।

पूर्व र पश्चिम तराईका अधिकांश ठाउँमा आइतबारसम्म वर्षा जारी रहने मौसमविद्हरुले जनाएका छन् ।

 

मौसमविद्हरुका अनुसार पूर्वी पहाडी क्षेत्रमा पनि भोलि दिनभर पानी पर्ने सम्भावना छ । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद सुवास रिमालले बताउनुभयो ।

 

मौसमविद रिमालका अनुसार पूर्व र पश्चिमका अधिकांश ठाउँमा आइतबारसम्म ठूलो पानी पर्ने अनुमान गरिएको छ । यसले गर्दा ती क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह पनि गर्नुभयो ।गएको २४ घण्टामा सिमरामा सबै भन्दा बढी २ सय २७ मिलिमिटर पानी परेको विभागको तथ्याङ्क छ। त्यसैगरी नेपालगञ्जमा १ सय ६५, दाङमा १ सय ५७ जनकपुरमा १ सय ३७ मिलिमिटर पानी परेको विभागको तथ्याङ्क छ । विराटनगरको भने मौसम विभागको स्टेसन नै डुवानका रहेकोले तथ्याङ्क प्राप्त नभएको जनाइएको छ ।

 

केही दिनयता निरन्तर पानी पर्दा कतिपय ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);