बुद्धभूमिको दुवियास्थित भरही सिंचाइ योजना सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बुद्धभूमिको दुवियास्थित भरही सिंचाइ योजना सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ दुवियास्थित भरही सिंचाइयोजना सञ्चालनमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखि योजना सञ्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् ।

कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् । एशियाली विकास बैँकको तीन करोड २७ लाखको लागतमा यो सिँचाइ योजना सञ्चालनमा छ ।

मुल नहर सात किलोमिटरसँगै तीन वटा शाखा नहर समेत बनेका छन् । सिँचाइ योजना सम्पन्न भएपछि यस भेगका किसान हर्षित भएको स्थानीयबासिन्दा चन्द्रमती थारु बताउनुहुन्छ ।

८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म झन्डै ४० हजार हेक्टर सिंञ्चित रहेको डिभिजन सिंचाई कार्यालय तौलिहवाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);