पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्बियाे : नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्बियाे : नेपाल

madhav nepal

काठमाडाैं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीमाझ कुराकानी गर्दै उनले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने बताए । उनले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको स्पष्ट पारे ।

ताजा समाचार