जनवर्गीय एकीकरण सम्बन्धमा पार्टी भित्र व्यापक छलफल हुन्छ : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनवर्गीय एकीकरण सम्बन्धमा पार्टी भित्र व्यापक छलफल हुन्छ : नेपाल

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणका सम्बन्धमा पार्टी भित्र व्यापक छलफल गर्ने बताएका छन् ।

पार्टी कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणका सम्बन्धमा आफू पक्षीय केही नेताहरुले असन्तुष्टि जनाईरहेका बेला वरिष्ठ नेता नेपालले त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकमा व्यापक छलफल गर्ने प्रतिक्रिया दिए ।

उनले पार्टी कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई अन्तिम टुंगो लगाउने काम स्थायी समिति बैठकले गर्ने बताए । अमेरिकास्थित नेपाली संघ, संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी भई बुधबार स्वदेश फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीका सबै बिभाग, कमिटी र प्रवासमा रहेका जनवर्गीय संगठनको एकीकरणको काम छिट्टै सम्पन्न हुने उनले बताए । पार्टीको जनवर्गीय संगठन र कमिटीहरुको एकीकरणका लागि कार्यदल स्तरमा छलफल भईरहेको नेता नेपालको भनाई थियो ।

वरिष्ठ नेता नेपालले अमेरिकामा रहँदा आफूले त्यहाँ रहेका नेपाली समूदायले आयोजना गरेको फिल्म फेष्टिबलमा पनि सहभागी भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);