प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह

काठमाडौं, २८ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको हुनाले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गरेको प्रदेश प्रमुखको नियुक्ति गर्न आयोगले आग्रह गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,  ‘राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने कानूनी बाध्यताका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर  छ’  ।

राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते हुने गरी नेपाल सरकारबाट निर्वाचनको मिति तोके पश्चात् आयोगले सोको तयारी अगाडि बढाएको छ । यस सन्दर्भमा पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र भोलि पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आयोगले निर्वाचनको कार्य तालिका र निर्वाचन कार्यक्रम समेत स्वीकृत गरी सकेको छ । स्वीकृत कार्यक्रम अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);