न्यायालयबारे डा. केसीले दिएका अभिव्यक्ति र अपनाएको बाटो गलत : बार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

न्यायालयबारे डा. केसीले दिएका अभिव्यक्ति र अपनाएको बाटो गलत : बार

अनसन बसेर न्यायालयमाथि दबाब नदिन केसीलाई आग्रह

काठमाडौं, २८ पुस । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको बचाउ गरेको छ ।

बारको सल्लाहकार र कार्यसमिति बैठकले न्यायालयबारे चिकित्सक केसीले दिएका अभिव्यक्ति र अपनाएको बाटो गलत भएको टिप्पणीसमेत गरेको छ । साथै अनसन बसेर न्यायालयमाथि दबाब सिर्जना नगर्न केसीलाई बारले आग्रह पनि गरेको छ ।

अदालतको आदेश वा फैसलाप्रति स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बार महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतले आफू अनुकुल आदेश दिएन भनेर कुनै व्यक्तिले प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने गलत प्रक्रिया र पद्दतीको विकास हुने बारको भनाइ छ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था रहेको पनि उल्लेख गरेको छ । डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको बारले स्वागत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);